२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसलाले मुलुकको राजनीतिलाई जटिल दिशातर्फ धकेल्योः प्रदिप ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा एमालको प्रवक्ता प्रवक्ता तथा पूर्व मन्त्री प्रदिप ज्ञवालीले सर्वोच्च अदालतले आज दिएको फैसला अप्रत्यासित भएको बताएका छन् । 

उनले भने ‘यो फैसलाले देशको राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ, यो असहज परिस्थिति हो ।’ 

पूर्व मन्त्री ज्ञवालीले अहिलेको अवस्थामा सरकारले आफ्नो मन्त्रिपरिषद गठन गर्न पाउने संसदीय अभ्यास र अधिकारमाथि सर्वोच्चले अंकुश लगाएको दाबी पनि गरे ।  
 
सर्वोच्च अदालतले आज पछिल्लो मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको थियो । 

वर्तमान काम चलाउ सरकारले विस्तार गरेको मन्त्रिपरिषद बदर गर्नुपर्ने मागसहित परेको रिटमा प्रधानन्यायाधीशकै इजलाशले आज अन्तरिम आदेश जारी गरी २० जना मन्त्रीहरुलाई पद मुक्त गरिदिएको थियो ।