• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

गृहमन्त्री नै वार्ता गर्न शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितको अडान



फाईल फोटो

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितहरुले आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शान्तिबाटिकामा आउनुपर्ने माग गरेका छन् । मिटरब्याज पीडितसँग छलफल गर्न गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत शान्तिबाटिका पुग्नुभएको थियो ।

 

उहाँले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गर्नुभएको थियो । तर जवाफमा मिटरब्याज पीडितहले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान लिएका छन् । साथै उनीहरुले वार्ताका लागि मन्त्री शान्ति बाटिकामा आउनु पर्ने बताए ।

यही चैत १८ गते सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार सरकारले आयोग गठन गरेको छ । तर त्यो सहमतिलाई अपुरो भन्दै मिटरब्याज पीडितको अर्को समूहले आएर काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।