२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

सरकारले खोपका नाममा जनता झुक्यायो – डा.महत

सरकारले खोपका नाममा जनता झुक्यायो – डा.महत
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले आज भोलि भन्दाभन्दै कोरोनाका विरुद्धको खोप ल्याउन नसकेर जनता झुक्याएको बताएका छन् । 

उनले भने ‘सरकारले खोपको चाँडो व्यवस्था गर्छाैँ त भन्छ तर कहिले ल्याउने हो पत्तो छैन । खोप जस्तो संवेदनशिल विषयमा सरकार झुठ बोलिरहेको छ, जनता सुनेर बस्न बाध्य छन् ।’

नेपाली काँग्रेसको कोभिड व्यवस्थापन समितिका संयोजक डा.महतको नेतृत्वमा आज स्वास्थ्यमन्त्रीलाई भेटेर खोपको व्यवस्थापन गर्न आग्रह गरेको हो । 

मन्त्रीलाई ध्यानाकर्षण गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा.महतले सरकारले खोपजस्तो विषयमा पनि गम्भीर नभएर बारम्बार ढाँटेपछि काँग्रेसको कोभिड समितिले स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराएको बताए । 

आफूहरुले सरकारलाई पहिलो चरणको खोप लगाएका व्यक्तिले आर्काे डोज नपाएको र सरकारले यस विषयमा किन व्यवस्था नगरेको हो भनेर जानकारी गराएको बताए । 
 
डा.महतले भने– छिमेकी देशले खोप जुटाइ सकेका छन्, जस्तो कि भारत, बंगलादेश, पाकिस्तान आदि देशले राम्रोसँग खोपको व्यवस्था गर्न सक्ने तर हाम्रो सरकारले किन नसकेको हो ? 

त्यसैगरीे सरकारका मान्छेहरुले स्वास्थ्य सामग्रीको व्यापक मात्रामा दुरुपयोग गरेका तर जनताले समानुपातिक रुपमा पाउन नसकेको विषयमा पनि आफूहरुले सरकारको ध्यानाकर्षण गराएको बताए । 

साथै कोभिडको यस्तो महामारीको अवस्थामा पनि स्वास्थ्य मन्त्रालयले चिकित्सक नै हुन पाउने प्राविधिक सचिव पद किन पूर्ती नगरेको भन्दै तत्कालै त्यो पद पूर्ती गर्नका लागि पनि काँग्रेसले ध्यानाकर्षण गराएको जानकारी दिए ।