२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामचलाउ प्रधानमन्त्रीलाई अदालतले रेखा कोरिदियो : नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतले म नै राज्य हुँ भन्ने प्रधानमन्त्रीलाई आफ्नो सीमा बताइदिएको बताएको छ ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कामचलाउ प्रधानमन्त्रीको सीमाका बारेमा पनि अदालतले रेखा कोरिदिएको बताएका हुन् । 

‘संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, आजको सर्वोच्चको आदेश त्यसको विनम्र अस्वीकारोक्ति हो,’ उनले भने, ‘म नै राज्य हुँ भन्ने प्रधानमन्त्रीको शैली असंवैधानिक थियो भन्ने पुष्टि हो ।’

उनले कामचलाउ प्रधानमन्त्रीको सीमाका बारेमा पनि अदालतले रेखा कोरिदिएको बताए ।