२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले कामचलाउ सरकारलाई सम्झाइदियो : संविधानविद् अधिकारी



अ+ अ-

काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले सर्वोच्च अदालतले कामचलाउ सरकारलाई सम्झाइदिएको बताएका छन् ।  

सर्वोच्च अदालतले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि प्रतिक्रिया दिंदै अधिकारीले जेठ ७ गते नै प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सक्दिन भनिसकेको बताए ।

‘यो सरकार पहिला नै कामचलाउ थियो, उनले त्यतिबेला थपक्क राजीनामा गरेर बस्नुपर्नेमा संसद् विघटनतर्फ लागे,’ अधिकारीले भने, ‘पहिला नै कामचलाउ भएको सरकारले ३–३ उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने काम भयो, आज अदालतले त्यसलाई खारेज गरेको छ ।’