२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी देशमा सातामा २७ उडान



अ+ अ-

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ विभिन्न देशका गन्तव्यमा साप्ताहिक रुपमा उडान सुचारु गर्ने भएको छ । 

मंगलबार तालिका सार्वजनिक गर्दै कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४-४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २-२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १-१ उडान हुने भएको हो।

यस्तो छ सार्वजनिक तालिका 

दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान।

मलेसियामा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान।

काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान।

साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान।

कुबेतमा कुबेती वायुसेवाले २ उडान।

काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १-१ र चीनको वायुसेवाले १-१ गरी सातामा २-२ उडान।

काठमाडौं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ।

दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान।

जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान।