२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाइपभित्र अड्किएर दुईको मृत्यु



अ+ अ-

दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् । 

महाकाली लोकमार्ग, दार्चुला तिङ्कर सडक अन्तर्गत निर्माणाधिन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको उक्त पाइपमा अड्कीएर दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । 

मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो । पुललाई क्षति नगरोस् भनेर सो पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् ।