२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा अनुगमनमै सकियो यी मन्त्रीको जिम्मेवारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसंगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले एउटा मात्रै अनुगमन गर्न भ्याएको खुलासा भएको छ ।  शपथ लिएको १२ औ दिनमा पदमुक्त  भएका मन्त्री यादवले मन्त्रालय सम्हालेपछि जम्मा एउटा मात्रै अनुगमन गर्न भ्याएको मन्त्रालय स्रोतले बतायो ।

जेठ २७ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री यादव पदभार ग्रहण गर्दा कुनै त्यस्तो औपचारिक निर्णय नगरेका यादव शनिबार भारततर्फ हुने पेट्रोलियम चोरी रोक्नेबारे प्रदेश एक र दुई तथा त्यहाँका जिल्लाका कर्मचारीसंग आयल निगमले गरेको छलफलमा सहभागी हुन विराटनगर गएका थिए ।

 त्यसपछि सिलुगडीदेखि झापाको चारआलीसम्म बन्ने पेट्रालियम पाइपलाइनको प्रगतिबारे अनुगमन गरेर उनी काठमाडौं फर्किएका थिए ।

‘मन्त्रालय सम्हालेपछि मन्त्रीज्यू प्रदेश एक र दुईको अनुगमनमा जानु भयो, दुई दिन हेलिकप्टर चढेर घुम्दैमा पद गयो,’ मन्त्रालय स्रोतले भन्यो । 

पदमुक्त भएका मन्त्री यादवका स्वीकीय सचिव चिरञ्जीवि यादवले मन्त्रीले १२ दिनमा गरेका कामहरु आफूसंग नभएको बताए । ‘मन्त्रीज्यूले केही काम गर्नु भए जस्तो लाग्छ, तर मलाई अहिले ठ्याक्कै थाहा भएन,’ साहले भने ।