२२ असार २०८३, सोमबार
,
Latest
सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चको फैसलापछिका सम्भावित परिदृष्य



अ+ अ-

काठमााडौ  । मंगलबार सर्वाेच्च अदालतले एक अप्रत्यासित फैसला सुनायो । सरकारले विस्तार गरेको मन्त्रिपरिषद नै अवैध घोषणा गरिदियो । यसरी सर्वाेच्चको दुई बुँदे एउटा निर्णयले अहिले मन्त्रिपरिषदमा थपिएका २० जना मन्त्री पदमुक्त भए । हुनत केही महिना यताको विश्लेषण गर्ने हो भने सर्वाेच्च अदालतबाट यस्ता अप्रत्याशित कैयौँ फैसला आएका छन् एकपछि अर्काे गरेर ।

अघिल्लो पटकको संसद विघटनको मुद्दालाई उल्ट्याइदिने देखि लिएर तीन वर्ष अघि गरेको नेकपाको पार्टी एकीकरणमाथिको फैसला । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि शुरु भएको उतार चढावको राजनीतिमा मंगलबार पनि एउटा छाल थपिएको हो । तर यो पनि चानचुने छाल किन पनि होइन भने दुई हप्ता यताका दुई यस्तै बडो महत्वपूर्ण फैसलाले यसलाई पछ्याएका छन् ।

वर्तमान सरकारले ‘संविधान बमोजिम’ भन्दै जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशलाई अघिल्लो हप्ता सर्वाेच्च अदालतले खारेज गरिदियो । त्यो अपेक्षित थिएन नै । किनभने वर्तमान संविधान जारी भएपछि बन्नु पर्ने नागरिकतासम्बन्धी कानुन नबनेकोले यो सरकारले संविधान बमोजिम नै त्यो अध्यादेश जारी गरेको भनिएपनि अदालतले खारेज गरिदियो । त्यो अध्यादेशको खारेजी केवल सरकारले गरेको विधि प्रक्रियामाथिको प्रश्न मात्र थिएन बरु मधेशीहरुको सत्तारोहणको औचित्यलाई लगभग त्यतिबेलै समाप्त गरिदिएको थियो । अनि शुक्रबार मात्र सर्वाेच्चले यो सरकारलाई अर्काे झापड हानिदियो कि सरकारले ल्याएको बजेटको कुनै बुँदा नै संशोधन गर्नुपर्ने बनायो ।

नेपालबाट गिट्टी ढुंगा निकासी नगर्न भन्दै बजेटको त्यो बुँदाको खारेजी सर्वाेच्चको फैसलाबाट गर्यो । आज सरकारले गरेको मन्त्रिपरिषदको विस्तारमाथि नै अदालतले प्रश्न उठायो । अदालतको तर्क छ कि यो सरकार काम चलाउ भएकोले मन्त्रिपरिषद विस्तार गर्नै पाउँदैन । कानुनका नौ सिंग र नौ सय तर्क हुन्छन् । तिनै तर्कहरुले के भन्न थालिएका छन् भने प्रधानमन्त्रीले नै मन्त्रिपरिषद विस्तार गर्न नपाए कस्ले पाउँछ त ? अनि काम चलाउ भए पनि सरकार त सरकार नै हो । किनभने योभन्दा अर्काे सरकार अहिले देशमा छैन । यी सबै तर्कहरु आफ्नो ठाउँमा रहेका बेला आजको फैसलाले पनि विगतको जस्तै कुनै न कुनै राजनीतिक मक्सद राखेको हुनसक्छ ।

त्यसको पर्दा अहिले नै नखुलेको भए पनि केही चरबाट चियाउन सकिने अवस्था भने देखिँदैछ । आजको फैसलाले अब संसद पुनस्र्थापना हुने संकेत देखिँदैछ, देखियो । किनभने प्रधानन्यायाधीश नै आजको इजलाशमा रहेका र सरकारलाई राम्ररी सवक सिकाएकोले अबका दिनमा पनि त्यसतर्फ न्यायको तराजु तेर्सिने देखिन्छ नै । अदालतबाट यस्तै फैसला आउँछ र आउनुपर्छ भन्ने मक्सद त यो आलेखको होइन, तर पनि यदि त्यसै भयो भने हात कसको माथि पर्छ । हात त प्रधानमन्त्री ओलीकै माथि पर्ने देखिन्छ । किनभने हालैको गण्डकी प्रदेश सभासद कृष्ण थापाको नजिरले प्रधानमन्त्रीलाई माधव नेपालको पक्षका सांसदलाई कारबाही गर्ने अधिकार दिएको छ ।

यस्तो अवसरको सदुपयोग गर्ने सुत्र त प्रधानमन्त्री ओलीलाई कसैले सिकाउनै पर्दैन । सायद त्यसतर्फ पनि देशको राजनीति पुग्न पनि सक्छ । अर्काे कुरा सर्वाेच्चले अब गर्ने फैसला भनेको विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भन्ने आदेश अनपेक्षित छ किनभने न्यायालयले यो काम व्यवस्थापिकाको हो भन्ने तथ्य आफैलाई थाहा पाएकै छ । यदि त्यसो भयो भने देउवालाई बहुमत पुग्ने अवस्था देखिँदैन किनभने नेपालका सांसदहरु दिन गनेरै घटिरहेका छन् ।

अर्कातर्फ पार्टी फोडेर जाने ४० प्रतिशत पनि उनीसँग छैन नै । यस्तो अवस्थाको राजनीतिक परिदृश्यमा  यो  फैसलाले अबको राजनीतिक अवस्थालाई कतातिर मोडिएला भन्ने बहसहरु शुरु गराएको छ । त्यसैले पनि यो फैसलालाई एमालेले अनपेक्षित भनेको हुनुपर्छ । फेरि यदि संसद पुनःस्थापना भएन र निर्वाचन नै सदर भयो भने पनि अबको राजनीतिले ओली र देउवाबाहेकको चुनावी सरकार खोज्न सक्छ ।

अनि त्यतिबेलाको मुलुकको कार्यकारिणी नेतृत्व पनि न्यायालयको काँधमा आउन सक्छ । देशले उनै खिलराज या अर्का खिलराजको खोजी नगर्ला भन्न सकिन्न । तर त्यस समय संविधान सभा भंग गरेको सर्वाेच्चले नै खिलराजको खोजी गरेजस्तै अहिलेको यही फैसलाले नै त्यो बाटो तय गर्ला कि नगर्ला भन्ने अनुमान भने केही चाँडो नै हुनसक्छ ।

 

 




भर्खरै