२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको हवाई उद्धार



अ+ अ-

रुकुम । रुकुम (पूर्व) का एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका १९ वर्षीया भूमीका पुनमगरलाई हेलिकोप्टरबाट उद्धार गरेर आज सुर्खेत लगिएको गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिनुभयो । 

उहाँका अुनसार ती महिलालाई गएराति १२ बजेमात्रै मैकोट स्वास्थ्यचौकीमा पुर्याइएको थियो । सो स्वास्थ्य सस्थामा सुत्केरी गराउन जटिलता आएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हवाई उद्धार गरिएको स्वास्थ्य संयोजक गिरीले बताउनुभयो । 

भरपर्दो र प्रभावकारी स्वास्थ्य संस्था तथा प्रसूतिगृह नहुँदा जिल्लाका दूर्गम भेगमा गर्भवती तथा सुत्केरीले जोखिम मोल्दै आएका छन । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट पनि यहाँका महिलालाई केही राहत भएको छ ।