१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम



अ+ अ-

चितवन । आगामी बैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार उनको उम्मेदवारी कायम भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार चारवटा उजुरी परेका थिए । तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएका थिए ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ ले मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।