२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको फैसला बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड : योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाले बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड जस्तै भएको बताएका छन् । 

उनले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ।’

मंगलबार मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । यो सँगै प्रधानमन्त्रीले केहीदिन अघि नियुक्त गरेका २० मन्त्रीहरु पदमुक्त भएका छन् ।