२ पुष २०८२, बुधबार
,
Latest
नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसन रोयले कोलकाताबाट आईपीएल खेल्ने



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)ले इंग्ल्याण्डका जेसन रोयलाई टोलीमा समावेश गरेको छ । केकेआरले आईपीएल २०२३ का लागि २.८ करोडमा जेसन रोयलाई अनुबन्ध गरेको हो ।

केकेआरका श्रेयस अय्यर प्रतियोगिताबाट बाहिरिएका छन् भने बंगलादेशका अलराउन्डर शकिब अल हसनले सिजनका लागि उपलब्ध नहुने पुष्टि गरेका छन् ।

शकिबका अनुसार उनले बंगलादेशका लागि आयरल्यान्डविरुद्धको टेस्ट खेल्न बाँकी छ । त्यसपछि व्यक्तिगत कारणले उनले यस वर्षको प्रतियोगितामा सहभागी नहुने बताए । अर्कोतर्फ केकेआर र बंगलादेश टोलीका खेलाडी लिटन दास पनि आयरल्याण्डविरुद्धको टेष्ट खेलपछि मात्र केकेआरको क्याम्पमा सामेल हुनेछन् ।

जेसन रोयले यसअघि २०१७ र २०१८ सिजनमा आईपीएल खेलेका थिए । अन्तिम पटक सन् २०२१ सिजनमा सनराइजर्स हैदरावादबाट उनले खेलेका थिए । उक्त सिजन उनले पाँच खेल खेलेर अर्धशतक सहित १५० रन बनाएका थिए । ३२ वर्षिय खेलाडीले इङ्ल्यान्डका लागि ६४ टी–२० खेलेका छन्, जसमा ८ अर्धशतक सहित १३७.६१ को स्ट्राइक रेटमा १५२२ रन बनाएका छन् ।