२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

मदिरा  व्यवसाय संचालनको माग गर्दै ज्ञापनपत्र

मदिरा  व्यवसाय संचालनको माग गर्दै ज्ञापनपत्र
अ अ+ अ-

काठमाडौं । नेपाल मदिरा ब्यवसायी महासंघले   मदिरा तथा मदिराजन्य ब्यवसाय संचालनका लागि कुनै पहल नगरिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय, काठमान्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलिलाई ज्ञापन पत्र बुझाउदै महासंघले  ध्यानार्कषण गराएको  हो । महासंघले उक्त ज्ञापनपत्र मार्फत राज्यलाई ब्यवसायीक क्षेत्रमा उल्लेख्य मात्रामा कर तिर्ने मदिरा ब्यवसायीहरुलाई राज्यका विभिन्न निकायहरुबाट उपेक्षित गरिनु निकै दुखद भएको बताएको छ ।

 कोरोना महामारीको चरम संकटका समयमा पनि अन्य देशहरुमा मदिरा पसलहरुलाई अत्यावश्यक सेवाका रुपमा निश्चित मापदण्ड तोकेर  संचालनका लागि अनुमति दिएको भएपनि नेपालमा भने पूर्णरुपमा बन्देज लगाइएकोमा तुरुन्तै मापदण्डअनुसार संचालन गर्न पाउने माग गरेको छ ।
 जटिल महामारीको संकटमा राज्यको निर्देशन मानेरै मदिरा ब्यवसाय पूर्णरुपमा बन्द गरिएको तर राज्यले अरु व्यवसाय  संचालन गर्न दिएर मदिरालाई  प्राथमिकतामा नराखेको भन्दै तत्काल खुलाउन ज्ञापनपत्र सहित माग गरेको हो ।

राज्यले ब्यवसायीक क्षेत्रलाई सहजता प्रदान गर्ने क्रममा मदिरा ब्यवसायलाई पनि प्राथमिकतामा राख्नुपर्ने, आर्थिक वर्ष सकिन लाग्दा यस क्षेत्रले राज्यलाई कर विवरण पेश गर्नुपर्ने  बिभिन्न साझेदार कम्पनीहरुसंगको हिसाव मिलान गर्नुपर्ने लगायतका कारण पनि तत्काल व्यवसाय  संचालन गर्नुपर्ने महासंघको भनाई छ । 

लामो समय देखि ब्यवसाय बन्द हुदाँ अन्य ब्यवसायको जस्तै बैंकको ब्याज, घरभाडा लगायतको खर्च बढ्दा ब्यवसाय धरासयी हुने अवस्थामा पुगेको र यस क्षेत्रमा कार्यरत लाखौ कामदारहरु, तिनका परिवारहरुमा समेत आर्थिक संकट उत्पन्न भएको ब्यवसायीहरुको गुनासो छ ।

राज्यबाट निर्देशित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि अन्य ब्यवसायहरु जस्तै मदिरा ब्यावसाय संचालनका लागि आबश्यक ब्यवस्थापन गरिदिन प्रमुख जिल्ला अधिकारी पराजुलीसंग माग गरेको छ । ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रीय  अध्यक्ष सोनाम शेर्पा, मदिरा व्यवसायी  संघ काठमान्डौका अध्यक्ष गोविन्द बराल लगायतको सहभागिता रहेको थियो ।

 ज्ञापनपत्र बुझ्दै  प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न सरकारी निकायहरुसंग समन्वय गरि मदिरा ब्यवसाय संचालनका लागि आवश्यक पहल गर्ने बताएका छन् ।मैले माथिल्लो निकायलाई पनि यसबारे जानकारी गराएको छु तपाईंहरुको माग सम्बोधन गर्ने विषयमा छिट्टै छलफल हुनेछ ,प्रजिअ पराजुलीले भने ।