• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला

५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउँदै नासा, को–को छन् चालक दलमा ?



एजेन्सी । नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने भएको छ । आर्टेमिस–२ मिसन अन्तर्गत अर्को वर्ष चार अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किनेछन् ।

यो टोलीमा पहिलो पटक एक महिला र एक अफ्रिकी–अमेरिकी (अश्वेत) पनि अन्तरिक्ष यात्री हुनेछन् । अपोलो मिशनको ५० वर्षभन्दा बढी समयपछि मानिस चन्द्रमामा जान लागेका हुन् ।

क्रिस्टिना ह्यामक कोचलाई यो १० दिने चन्द्र अभियानका लागि विशेषज्ञका रूपमा छनोट गरिएको छ । यसअघि क्रिस्टिनाले सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने कीर्तिमान बनाएकी थिइन् । उनी बाहेक अमेरिकी नौसेनाका भिक्टर ग्लोभर पनि पाइलटका रुपमा छनोट भएका छन् । उनी चन्द्रमा मिशनमा अन्तरिक्षमा जाने पहिलो अश्वेत अन्तरिक्ष यात्री हुनेछन् ।

मिसनका लागि छनोट गरिएका चार अन्तरिक्ष यात्रीमध्ये तीन अमेरिकी र एक क्यानडाली हुन् । यी नामहरू ह्युस्टनको जोन्सन स्पेस सेन्टरबाट घोषणा गरिएको हो । अन्तरिक्ष यात्रीहरूले चन्द्रमा मिसनमा चन्द्रमामा पाइला राख्ने छैनन् । यो एउटा फ्लाई बाई मिसन हो जसअन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरेपछि मात्रै फर्कनेछन् । तर, यो मिसन सफल भएमा आर्टेमिस–३ मिसन २०२५ मा पठाइनेछ, जसमा अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा पाइला राख्नेछन् ।

आर्टेमिस–२ ले मिसनका क्रममा करिब २२ लाख किलोमिटर यात्रा गरिनेछ । यसको उद्देश्य भनेको ओरियन स्पेसशिपका सबै जीवन–समर्थन प्रणालीहरू ठीकसँग डिजाइन गरिएको छ कि छैन भनी जाँच गर्नु हो । ताकि अन्तरिक्ष यात्रीहरूलाई गहिरो अन्तरिक्षमा जान र २०१५ मा चन्द्रमामा अवतरण गर्दा समस्या नहोस् । आर्टेमिस २ फर्कनु अघि चन्द्रमाको सुदूर भागबाट लगभग १०,३९९ किलोमिटर उडान गर्नेछ ।

नासाले तेस्रो प्रयासमा नोभेम्बर नोभेम्बर १५ मा आर्टिमिस–१ मिसन सुरु गरेको थियो । यो २५ दिनपछि १४ लाख माइलको यात्रा पूरा गरी डिसेम्बर १० मा पृथ्वीमा फर्किएको थियो । यसअघि सन् १९७२ को डिसेम्बरमा एपोलो–१७ मिसन चन्द्रमाको यति नै नजिक पुगेको थियो । नासाले सन् १९७२ मा चन्द्रमामा अपोलो मिसन पठाएको थियो । ५० वर्षपछि चन्द्रमाको प्रक्षेपण हुँदैछ । यस पटक नासाले अन्तरिक्ष यान ओरियनलाई अन्तरिक्षमा लैजानका लागि विश्वको सबैभन्दा शक्तिशाली रकेट एसएलएस बनाएको छ ।