५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउँदै नासा, को–को छन् चालक दलमा ?



अ+ अ-

एजेन्सी । नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने भएको छ । आर्टेमिस–२ मिसन अन्तर्गत अर्को वर्ष चार अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किनेछन् ।

यो टोलीमा पहिलो पटक एक महिला र एक अफ्रिकी–अमेरिकी (अश्वेत) पनि अन्तरिक्ष यात्री हुनेछन् । अपोलो मिशनको ५० वर्षभन्दा बढी समयपछि मानिस चन्द्रमामा जान लागेका हुन् ।

क्रिस्टिना ह्यामक कोचलाई यो १० दिने चन्द्र अभियानका लागि विशेषज्ञका रूपमा छनोट गरिएको छ । यसअघि क्रिस्टिनाले सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने कीर्तिमान बनाएकी थिइन् । उनी बाहेक अमेरिकी नौसेनाका भिक्टर ग्लोभर पनि पाइलटका रुपमा छनोट भएका छन् । उनी चन्द्रमा मिशनमा अन्तरिक्षमा जाने पहिलो अश्वेत अन्तरिक्ष यात्री हुनेछन् ।

मिसनका लागि छनोट गरिएका चार अन्तरिक्ष यात्रीमध्ये तीन अमेरिकी र एक क्यानडाली हुन् । यी नामहरू ह्युस्टनको जोन्सन स्पेस सेन्टरबाट घोषणा गरिएको हो । अन्तरिक्ष यात्रीहरूले चन्द्रमा मिसनमा चन्द्रमामा पाइला राख्ने छैनन् । यो एउटा फ्लाई बाई मिसन हो जसअन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरेपछि मात्रै फर्कनेछन् । तर, यो मिसन सफल भएमा आर्टेमिस–३ मिसन २०२५ मा पठाइनेछ, जसमा अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा पाइला राख्नेछन् ।

आर्टेमिस–२ ले मिसनका क्रममा करिब २२ लाख किलोमिटर यात्रा गरिनेछ । यसको उद्देश्य भनेको ओरियन स्पेसशिपका सबै जीवन–समर्थन प्रणालीहरू ठीकसँग डिजाइन गरिएको छ कि छैन भनी जाँच गर्नु हो । ताकि अन्तरिक्ष यात्रीहरूलाई गहिरो अन्तरिक्षमा जान र २०१५ मा चन्द्रमामा अवतरण गर्दा समस्या नहोस् । आर्टेमिस २ फर्कनु अघि चन्द्रमाको सुदूर भागबाट लगभग १०,३९९ किलोमिटर उडान गर्नेछ ।

नासाले तेस्रो प्रयासमा नोभेम्बर नोभेम्बर १५ मा आर्टिमिस–१ मिसन सुरु गरेको थियो । यो २५ दिनपछि १४ लाख माइलको यात्रा पूरा गरी डिसेम्बर १० मा पृथ्वीमा फर्किएको थियो । यसअघि सन् १९७२ को डिसेम्बरमा एपोलो–१७ मिसन चन्द्रमाको यति नै नजिक पुगेको थियो । नासाले सन् १९७२ मा चन्द्रमामा अपोलो मिसन पठाएको थियो । ५० वर्षपछि चन्द्रमाको प्रक्षेपण हुँदैछ । यस पटक नासाले अन्तरिक्ष यान ओरियनलाई अन्तरिक्षमा लैजानका लागि विश्वको सबैभन्दा शक्तिशाली रकेट एसएलएस बनाएको छ ।