२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकको व्यंग्यः फुर्सद मिल्यो, म पनि रवि लामिछानेलाई एउटा मुद्दा हालिदिउँ क्या हो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता दीपक राज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । बेलाबखत समसामयिक विषयवस्तुलाई लिएर व्यंग्य गरिरहने दिपकले रवि लामिछानेमाथि लागेको मुद्दालाई लिएर टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा मंगलबार ती उजुरी दर्ता भएका हुन् ।

यसैबीच, अभिनेता गिरीले लामिछानेमाथि एउटा मुद्दा आफूले पनि हाल्ने कि भन्दै व्यंग्य पारामा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका हुन् । पछिल्लो समय गिरी आफ्नो फिल्म ‘छक्का पञ्जा ४’ लाई लिएर दौडधुपमा थिए ।

उनले भनेका छन् – अलिकति फूर्सद पनि भो ‘के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछानेलाई…

लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा हुन लागेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आज बुधबारका लागि सुनुवाइ तय भएको हो ।