४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि १ लाख १० हजारसम्म रेर्कड राखेको थियो ।अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।