२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर वडासदस्यको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । 

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते हुनुभएको थियो । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताउनुभयो ।