४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा शर्माको निधनप्रति समवेदना व्यक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा. तारानाथ शर्माको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले आज ट्विट गर्दै शर्माको निधनले नेपाली साहित्यले एक कुशल साधक गुमाएको उल्लेख गर्नुभएको छ ।

आफ्ना दर्जनौँ कृतिका माध्यमबाट डा शर्मा हामीबीच अमर रहनुहुनेछ भन्दै राष्ट्रपति भण्डारीले दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।