६ आश्विन २०८१, आईतवार
,
Latest
पूर्वडीआईजी छविलाल जोशी काठमाडौंबाट पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भियतनामको सामना गर्दै



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले आज मङ्गलबार भियतनामसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । नेपालले दोस्रो खेलमा भियतनामसँगै शनिबार प्रतिस्पर्धा गर्नेछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने बताए । फिफा महिला विश्व वरियतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँ स्थानमा रहेको छ ।

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा रहने बताए । यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलको थियो । नेपालले भारतसँग पहिलो खेल गोलरहित बरबरी तथा दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् । वरियताले खेलको नतिजामा खासै फरक नपर्ने उनको भनाइ थियो ।