२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ललितपुर महानगरमा कोभिशिल्डको दोस्रो डोज लगाइँदै



अ+ अ-

काठमाडौं । आज ललितपुर महागरपालिकामा कोरोना विरुद्दको खोप (कोभिशिल्डको) दोस्रो डोज लगाइँदै छ । खोप लगाउनलाई पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर सम्बन्धित वडा कार्यालयको सिफारिससहित उपस्थित हुनु पर्ने महानगरले जनाएको छ । १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो ।

यसअघि पहिलो डोज लगाएका ७५ वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् ।

खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ।