काठमाडौं । आजबाट प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर सुनुवाई शुरु भएको छ । गत जेठ २६ मा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
रिट, निवेदकले तत्काल संसद पुनः स्थापना तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागसहित प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट दायर गरेका छन् ।
रिट, निवेदक तर्फका कानुन व्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।