२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलवार राजधानीमा शुरु भएको छ ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलवारबाट शुरु भएको हो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १० टोलीका १ सय ४० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । जस अन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगितामा तीन विभागीय टोलीका साथै सात प्रदेशका खेलाडीले सहभागि जनाएका छन् । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले गरेका हुन् ।