३ आश्विन २०८१, बिहीबार
,
Latest
राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक बालिका बलात्कारको आरोपमा धापासीबाट दुई युवक पक्राउ



अ+ अ-

काठमाडौं । सामूहिक बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भएका २१ बर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार निमाले आशिष तामाङ नामको नक्कली फेसबुक आईडी खोलि पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएका थिए ।

गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर निमा र उनका साथी कुशलले सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

सोमबार पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।