२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरद्वारा डा.सुदिप श्रेष्ठको सम्मान



अ+ अ-

ललितपुर । केही दिनअघि जापानको कोबायाशी फाउण्डेशनबाट  ५ लाख जापानी येन राशी सहितको ‘छैठौं कोबायाशी फाउण्डेशन पुरस्कार—२०२०’ बाट पुरस्कृत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई ललितपुर महानगरपालिकाले मंगलबार सम्मान गरेको छ ।  

महानगरपालिकाको तर्फबाट महानगर प्रमुख चिरीबाबु महर्जनले कार्यकारी अध्यक्ष डा.श्रेष्ठलाई सम्मान गर्दै डा.श्रेष्ठले क्यान्सरको निदान, उपचार र शोधमा अतुलनिय योगदान पुर्याउनुभएको उल्लेख गर्नुभयो । 

डा.श्रेष्ठले हालसालै पाउनुभएको प्रतिष्ठित कोबायाशी पुरस्कार यसै समर्पणको मुर्त रुप भएको महानगर प्रमुख मर्हजनले बताउनुभयो । ललितपुर जिल्लामा जन्मिई क्यान्सर उपचार र नियन्त्रणको क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाई ललितपुरलाई स्वस्थ सहर निर्माणका लागि डा.श्रेष्ठले कर्मठ रुपले आफ्नो कर्तव्य पालन गरिरहनुभएको हुँदा ललितपुर महानगरका तर्फबाट उहाँलाई सम्मान गर्दा निकै गौरवान्वित भएको विचार पनि महानगरप्रमुख महर्जनले व्यक्त गर्नुभयो । 

त्यस अवसरमा महानगरकी उप–प्रमुख गीता सत्याल पनि उपस्थिति हुनुहुन्थ्यो ।

त्यस अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा ललितपुर महानगरपालिकाका २९ वटै वडाहरुका स्वास्थ्य केन्द्रहरुलाई क्यान्सरको प्रारम्भिक निदानका लागि सुदृढिकरण गर्ने र स्थानीय निकायहरुको सहकार्यमा समुदायमा आधारित क्यान्सरका रोकथामका कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा पनि बैठकमा महानगरपालिकाका अधिकारीहरुसंग छलफल गरिएको थियो । 
 




सम्बन्धित समाचार
भर्खरै