२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्न उच्च अदालतको अन्तरिम आदेश



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्न आदेश दिएको छ ।

निर्माता सुभाष थापाले आर्थिक पाटो मिलाउन नसक्दा विवादमा तानिएको फिल्ममाथि केशव पाण्डेले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले चैत २४ गतेको प्रदर्शन रोक्न आदेश दिएको हो ।

फिल्मका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै अदालतमा रिट हालेका थिए । अदालतले यही २६ गते थप सुनुवाइका लागि दुवै पक्षलाई बोलाएको छ ।

साथै, उच्च अदालतले चलचित्र विकास बोर्डलाई कारण देखाउ आदेश पनि जारी गरेको छ । निर्माता थापाबाट पैसा नपाएको भन्दै प्राविधिकदेखि छायांकन भएको ठाउँका स्थानीयहरुले फिल्म सम्बद्ध संघ–संस्थामा ‘प्रसाद २’को सेन्सर रोक्न दिएको उजुरीको विषयमा सोमबार बोर्डले सर्वपक्षीय छलफल गर्दै सेन्सर गर्न दिने सहमति गराएपछि अदालतले कारण देखाउ आदेश दिएको हो ।

यही चैत १३ गते जिल्ला अदालत ललितपुरले निर्माता सुभाष थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । केशव पाण्डेले हालेको बैंकिङ कसूर र ठगीको मुद्धामा अदालतबाट पक्राउ आदेश जारी भएपछि थापा फरार छन् । उनको पक्षबाट वितरक गोपाल कायस्थले फिल्म रिलिज गराउन लबिङ गरेका थिए ।