९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्न उच्च अदालतको अन्तरिम आदेश



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्न आदेश दिएको छ ।

निर्माता सुभाष थापाले आर्थिक पाटो मिलाउन नसक्दा विवादमा तानिएको फिल्ममाथि केशव पाण्डेले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले चैत २४ गतेको प्रदर्शन रोक्न आदेश दिएको हो ।

फिल्मका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै अदालतमा रिट हालेका थिए । अदालतले यही २६ गते थप सुनुवाइका लागि दुवै पक्षलाई बोलाएको छ ।

साथै, उच्च अदालतले चलचित्र विकास बोर्डलाई कारण देखाउ आदेश पनि जारी गरेको छ । निर्माता थापाबाट पैसा नपाएको भन्दै प्राविधिकदेखि छायांकन भएको ठाउँका स्थानीयहरुले फिल्म सम्बद्ध संघ–संस्थामा ‘प्रसाद २’को सेन्सर रोक्न दिएको उजुरीको विषयमा सोमबार बोर्डले सर्वपक्षीय छलफल गर्दै सेन्सर गर्न दिने सहमति गराएपछि अदालतले कारण देखाउ आदेश दिएको हो ।

यही चैत १३ गते जिल्ला अदालत ललितपुरले निर्माता सुभाष थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । केशव पाण्डेले हालेको बैंकिङ कसूर र ठगीको मुद्धामा अदालतबाट पक्राउ आदेश जारी भएपछि थापा फरार छन् । उनको पक्षबाट वितरक गोपाल कायस्थले फिल्म रिलिज गराउन लबिङ गरेका थिए ।