२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

राष्ट्रिय कविता महोत्सव शुरु

राष्ट्रिय कविता महोत्सव शुरु
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रतिष्ठानले ६४ औँ स्थापना दिवसका अवसरमा आज प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मालगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको जन्म भएको स्मरण गर्नुभयो ।

उहाँले महोत्वसबाट काव्य प्रतिभाको विकास हुँदै आएको जनाउँदै पुरस्कृत कवितालाई प्रकाशन गर्दै जाने बताउनुभयो ।  
प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले एक महिना अगडिको पूर्व सूचनानुसार प्रतियोगिताका लागि देश–विदेशबाट सात सय ६४ कविता प्राप्त भएकामा मूल्याङ्कन समितिले वाचनका लागि ४१ कविका ४१ कविता छनोट गरेको जानकारी दिनुभयो ।

उहाँले वाचनका लागि १० प्राप्ताङ्क निर्धारण गरिएको जानकारी दिनुभयो । मूल्याङ्कनका लागि डा पौडेलको संयोजकत्मा प्राज्ञसभा सदस्य धु्रव मधिकर्मी र उपप्राध्याक डा बिन्दू शर्मा सदस्य रहेको समिति गठन गरिएको छ । पुरस्कृत कविताको नतिजा आजै साँझ सार्वजनिक हुनेछ । आरम्भमा अतिथि कविहरु डा बेन्जु शर्मा, आरडी प्रभास चटौत, बुँद रानाबाट कविता वाचन गरिएको प्रतियोगितामा नेपाल बाहिरबाट आठ नेपाली कविले सहभागिता जनाएका छन् ।

कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष सेवा गर्ने १५ कर्मचारीलाई जनही रु ३० हजारसहित पुरस्कार प्रदान गरियो । प्रतिष्ठानले विसं। २०२२ देखि विशेष अवस्थामा बाहेक हरेक वर्ष स्थापना दिवस ९असार ९० मा कविता महोत्सव आयोजना गर्दै आएको छ ।