२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु



अ+ अ-

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६, शिखरटोलमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

४६ वर्षीया शान्ता भण्डारी खत्रीको मंगलबार साँझ मृत्यु भएको हो ।

उनकै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु निधन भएको हो ।

प्रहरीले रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।