९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ हुँदा मानिसको फोक्सो, रोग प्रतिरोध प्रणाली र मस्तिष्कमा कस्तो असर पुग्छ ? पूरा पढ्नुहोस्



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण भएपछि केही मानिसमा गम्भीर समस्या देखिने गरेको छ । कोभिड-१९ ले मानिसको शरीरमा भिन्न किसिमले असर पुर्‍याउछ । धेरै जनामा कुनै लक्षण नै देखिँदैन । तर केही मानिसलाई हप्तौँ अस्पतालमा राख्नु पर्छ । उसोभए यो रोगले शरीरमा के गर्छ त ? कोरोना भइरस मुख, नाक र आखाँबाट शरीरमा छिर्छ । पहिला यो नाक, घाटी, श्वासनली र फोक्सोको सतहमा भएका कोषहरुमा टाँसिन्छ । भाइसरले ती कोषमा बसेर आफ्नो सङ्ख्या विस्तार गर्छ । गम्भीर सङ्क्रमण हुँदा बिरामीमा ज्वरो र खोकी देखिन्छ । अनि सास फेर्न गाह्रो हुन्छ ।

यो भाइरसले फोक्सोको सतहमा भएका रत्तनलीमा क्षति पुर्‍याउन तथा रगत जम्ने क्रम सुरु गराउन सक्छ । फोक्सोमा हुने ससाना कक्षबाट रगतमा अक्सिजन जान्छ । तीनमा जलन र सूजन भयो भने निमोनिया पनि हुनसक्छ । सिकिस्त बिरामी परेको व्यक्तिलाई अक्सिजन दिनुपर्छ । किनभने फोक्सोमा विकार र तरल पदार्थ जमेको हुन्छ । 

कोभिड-१९ ले केबल फोक्सोलाई असर पुर्‍याउने हैन । यसले बाह्रा आक्रमण प्रतिरोध गर्ने शरीरको क्षमतालाई पनि छिन्नभिन्न परिदिन सक्छ । शरीरले बनाउने साईटकाईन नामक सूक्ष्म प्रोटिनले सङ्क्रमण पत्ता लगाउँछ । तर गम्भीर कोभिड-१९ भएका बिरामीमा यो प्रणाली अतिसक्रिय भइदिन सक्छ । यदि धेरै साईटकाईन उत्पादन भयो भने त्यसले शरीरका स्वास्थ्य कोषलाई नै हानि पुर्‍याइदिन्छ । 

अतिगम्भिर बिरामीमा हुने त्यो पक्रियालाई साईटकाईन स्टोर्म भनिन्छ । कोभिड-१९ का बिरामी मुर्छा पर्ने वा पुरै कोमामा जाने पनि हुनसक्छ । यसले मस्तिष्कमा विभिन्न समस्या र मस्तिष्कघात पनि गराउन सक्छ । प्रतिरोध प्रणाली अतिसक्रिय हुँदा शरीरभित्रै रगत जम्न सक्छ । त्यसले मस्तिष्कमा राम्ररी रगतको आपूर्ति नहुन सक्छ । मस्तिष्कको सूजन, विक्षिप्तता र विस्मृति जस्ता लक्षणहरु गम्भीर बिरामीमा देखा पर्न सक्छन् । 

औसतमा सङ्क्रमित व्यक्तिहरु १४ दिन बिरामी पर्न सक्छन् । तर धेरै मानिसमा लामो समय लक्षण देखिन सक्छ । सास फेर्न कठिनाइ र थकान केही व्यक्तिमा महिनौँसम्म हुनसक्छ । गम्भीर लक्षण खेखिने सम्भावना भएका व्यक्तिमा पाका उमेर  र भएका र विभिन्न स्वास्थ्य समस्या भएका व्यक्ति छन् । तर कसको शरीरमा के हुन्छ भन्ने सङ्क्रमण नभई थाहा हुँदैन । (एजेन्सीको सहयोगमा)