२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो: उपराष्ट्रपति यादव(भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताउनुभएको छ ।

मंगलवार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताउनु भयो । उहाँले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने बताउनु भयो । उहाँले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा जैन धर्मावलम्वीहरु प्राय: नेपालको सबै ठाउँमा विभिन्न समुदायका बीचमा मिलेर बसेका छन् । जहाँ रहेपनि भगवान महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न सफल छन्, अहिंसा, शान्ति, एकान्तवाद, नैतिकता, सत्चरित्रता, एवं जैन धर्मका महत्वपूर्ण पक्षलाई जनजनमा लैजान संगठनको ठूलो भुमिका हुन्छ ।

कुनैपनि संस्थाको अविरल गतिले सञ्चालन हुँदै ५४ वर्ष पूरा गर्नु आफैँमा गर्वको विषय हो । भगवान महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक छन् । धर्मममा नैतिकता, प्रमाणिकता, प्रतिवद्धता र सत्यता हुन्छ । त्यसले मात्रै हामीलाई कुनैपनि सुमार्गमा लैजान सक्छ । धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुन्छ । धर्मको परिभाषा त्यसको प्रभाव सर्वजनहीतायको भावनाले मात्र ओतप्रोत हुन्छ । धर्मले नै यस संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गरेको हुन्छ ।’

उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनयायीहरु सफल रहेको बताउनु भयो ।