२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बन्नका लागि दलको समर्थन चाहिँदैन : वरिष्ठ अधिवक्ता यादव



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने बताएका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदनमाथि पक्षमा बहसमा गर्दै उनले संविधानको धारा ७२ (३) सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको जिकिर गरे । 

‘धारा ७६(३) सम्म दलको समर्थनको कुरा आउँछ । तर, उपधारा ५ मा दलको समर्थन चाहिँदैन । संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन। ७६ (५) अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन ।’