२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशको राजधानीस्थित कपडा बजारमा भीषण आगलागी



अ+ अ-

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सस्तो कपडाको लोकप्रिय बजारमा भीषण आगलागी भएको छ ।

मंगलबार बिहान ६ः१० (१२ः१० जिएमटी) बजे ढाकाको बङ्गाबजार बजारमा आगलागी सुरु भएको तर तत्काल कुनै हताहत नभएको रफी अल फारुकले एसोसिएटेड प्रेसलाई फोनमार्फत बताए।

उनले आगो निभाउन ४७ वटा दमकलले काम गरिरहेको बताए । उनले भने, “हामीलाई तत्काल कुनै हताहतीको खबर छैन ।”

आगलागी कसरी भयो भन्ने थाहा नभएको दमकलका अर्का अधिकारी अनवरुल इस्लामले बताए ।

बांग्लादेशका व्यापारिक स्थानहरूमा ढिलो अनुगमन र अग्नि सुरक्षा व्यवस्थाको अभावका कारण आगलागी हुने गरेको छ।

तर विगतमा विनाशकारी आगलागीलगायत ठूला प्रकोपहरू भोग्ने देशको विशाल कपडा उद्योगको अवस्था विगत दशकमा उल्लेखनीय रूपमा सुधार भएको छ।