२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशको राजधानीस्थित कपडा बजारमा भीषण आगलागी



अ+ अ-

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सस्तो कपडाको लोकप्रिय बजारमा भीषण आगलागी भएको छ ।

मंगलबार बिहान ६ः१० (१२ः१० जिएमटी) बजे ढाकाको बङ्गाबजार बजारमा आगलागी सुरु भएको तर तत्काल कुनै हताहत नभएको रफी अल फारुकले एसोसिएटेड प्रेसलाई फोनमार्फत बताए।

उनले आगो निभाउन ४७ वटा दमकलले काम गरिरहेको बताए । उनले भने, “हामीलाई तत्काल कुनै हताहतीको खबर छैन ।”

आगलागी कसरी भयो भन्ने थाहा नभएको दमकलका अर्का अधिकारी अनवरुल इस्लामले बताए ।

बांग्लादेशका व्यापारिक स्थानहरूमा ढिलो अनुगमन र अग्नि सुरक्षा व्यवस्थाको अभावका कारण आगलागी हुने गरेको छ।

तर विगतमा विनाशकारी आगलागीलगायत ठूला प्रकोपहरू भोग्ने देशको विशाल कपडा उद्योगको अवस्था विगत दशकमा उल्लेखनीय रूपमा सुधार भएको छ।