३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने तीन करोड

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने तीन करोड
अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ ।  त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २८ हजार २०९ पुगेको छ । 

पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ । महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको सङ्ख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । 

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख ४३ हजार १९४ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अहिले कम हुदै गएको हो । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ । (रासस(पिटिआई)