२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टन र टोटेनहमको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले एभर्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोली टोटेनहमले खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर ९० औं मिनेटमा माइकल कीनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

खेलको ५८ औं मिनेटमा एभर्टनका एब्डोलाए डोउकोरेले तथा ८८ औं मिनेटमा टोटेनहमका लुकास मोराले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै २९ खेलबाट ५० अंकसहित टोटेनहम तालिकाको चौंथो स्थानमा रहेको छ । यस्तै एभर्टन समान खेलबाट २७ अंकका साथ १५ औं स्थानमा रहेको छ ।