१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’

बुधबार (भोली) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त- काँग्रेस महामन्त्री थापा (भिडियो)

बुधबार (भोली) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त- काँग्रेस महामन्त्री थापा (भिडियो)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोली) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनु भएको छ ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताउनु भएको जानकारी दिनुभयो । महामन्त्री थापाले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रीपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताउनु भयो । उहाँले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रीपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिनुभएको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली काँग्रेसको आजको संसदीय दलको बैठकमा समसामयिक राजनीतिका थुप्रै विषयमा छलफल भयो । सांसद साथीहरुले सरकारले अहिले गरेका थुप्रै कामहरुको बारेमा पनि थप छलफल गर्न चाहनुभएको छ । यसका निम्ति केही दिनभित्र छुट्टै बैठक बस्ने निर्णय गरेका छौँ । केही दिनअघि नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनमा रहेका अन्य दलहरुसँग मिलेर ९८ जना सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामाथि लगाएको महाअभियोगको सन्दर्भमा हामीले यो महाअभियोगको प्रश्तावको प्रक्रिया अघि बढ्दै गर्दा संसदभित्र रहेका हस्ताक्षर गरेका दलबाहेक अन्य राजनीतिक दलसँग सम्बन्धित भएका सांसदहरुले पनि यो महाअभियोग उपयुक्त भएकोले गर्दा यसलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ । यो महाअभियोगको प्रश्तावलाई संसदबाट पारित गर्नका निम्ति हामीले अन्य राजनीतिक दलहरुसँग सम्बद्ध सबै सांसदहरुलाई आह्वान पनि गरेका छौँ ।

२०७५ साल माघको २५ गते नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सांसदमा निर्वाचित हुनुभएका केपी शर्मा ओली, जो तत्कालीन अवस्थामा प्रधानमन्त्रीको रुपमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा रहेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बीचमा भएको अनुदान सहयोग सम्झौतालाई अनुमोदनको लागि मन्त्रीपरिषद्मा पेश गर्ने र अनुमोदन भइसकेपछि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रश्ताव पारित ग¥यो, पारित गरेको प्रश्तावले २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरायो ।

त्यो दर्ता गरेको विधेयकलाई, प्रश्तावलाई हामीले २०७६ साल पौष १५ गते, जतिबेला नेपाली काँग्रेस प्रतिपक्षमा थियो, त्यही बेलामा पनि हामीले संसदमा दर्ता भइरहेको प्रश्तावलाई तत्काल छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको हो, त्यो बेलाको हाम्रो निर्णयलाई पनि स्मरण गर्दै आज नेपाली काँग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले यो संसदमा दर्ता गरेको यो प्रश्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनु पर्छ भनेर माग गर्ने निर्णय गरेको छ । योसँगै के विश्वास पनि प्रकट गरेको छ भने नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन मन्त्रीपरिषद्मा रहेको सम्पूर्ण त्यो बेलाका जतिपनि मान्यज्यूहरु हुनुहुन्थ्यो अहिले फरक पार्टीमा हुनुहुन्छ । उहाँहरुको संयुक्त सरकारले त्यो बेलामा मन्त्री परिषद्बाट पारित गरेर संसदमा दर्ता गराएको विधेयक संसदमा अनुमोदनका लागि प्रश्तुत हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० पनि यसको पक्षमा उभिन्छ । एकीकृत समाजवादी र माओवादी केन्द्र पनि पक्षमा नै उभिन्छ भन्ने कुराको विश्वास पनि नेपाली काँग्रेसले आजको संसदीय दलको बैठकबाट प्रकट गरेको छ । प्रधानमन्त्रीले अन्तिममा आफ्ना कुरा राख्दा यो नेपाली काँग्रेसको नेतृत्वको सरकारले अहिले प्रश्तुत गर्न लागेको विधेयक होइन, अगाडिको तिथिमित स्मरण गर्दै प्रश्ताव प्रश्तुत गरेको हो र प्रतिपक्ष र सरकारमा रहँदै गर्दा नेपाली काँग्रेसले डबल स्ट्याण्डर राख्दैन ।

र यसको तत्कालीन नाफा घाटा के हुन्छ, भन्ने कुरालाई काँग्रेसले पनि त्यो प्रति चिन्तित भएर आफ्नो कर्तव्यबाट च्युत भयो भने यो सन्दर्भमा नेपाली काँग्रेसको आफ्नो छुट्टै परिचय रहँदैन, त्यसैले यसको नाफा घाटा जे सुकै होला, नेपाली काँग्रेसले आफ्नो कर्तव्य पूरा गर्दछ भन्ने एउटा कुरा र र दोस्रो कुरा प्रधानमन्त्रीको तर्फबाट नेपाली काँग्रेस संसदीय दलको नेताको हैसियतबाट मैले सभामुखलाई भनिसकेको छु कि, अब यो संसदमा टेबल हुनुपर्छ, सबैले यसमा भाग लिनुपर्छ भन्ने कुरा दोस्रो कुरा राख्नुभयो र तेस्रो कुरा नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको एउटा सन्दर्भलाई सम्झिएर उहाँले के भन्नुभएको छ भने नेकपा कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीको रुपमा रहेको केपी शर्मा ओलीले दर्ता गर्नुभएको प्रश्ताव पारित गरौँ भनेर हामी भनिरहेका छौँ । त्यही दलको प्रमुख सचेतक यो संसदबाट पारित गराउने षड्यन्त्र भइरहेको छ भनेर भनिराख्नुभएको छ, यसलाई हामीले कसरी बुझ्ने रु केपी शर्मा ओलीको प्रश्ताव पारित गरौँ भन्ने हाम्रो जुन पोजिशन छ, यो नयाँ पोजिशन होइन । यो पोजिशन लिँदै गर्दा षड्यन्त्र कसरी हुन्छ रु मैले यो बुझ्न सकिन भन्ने कुरा राख्नुभएको छ । उहाँ भोलि यसको टेबल हुन्छ भनेर विश्वस्त हुनुहुन्छ ।’

महामन्त्री थापाले बैठकमा पार्टीका नेताहरुले सरकारका कामका बारेमा छलफल गर्न खोजेकाले चाँडै त्यसका लागि बैठक बोलाइने पनि बताउनु भयो । उहाँले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोगको प्रस्ताव ल्याइनु उचित भएकोले अन्य पार्टीले पनि यसमा सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो ।