२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि बैंकमा विभिन्न तहमा ३१० जनालाई रोजगारीको अवसर



अ+ अ-

काठमाडौं । एनएमबि बैंकमा ३१० जनालाई रोजगारीको अवसर मिलेको छ । बैंकले विभिन्न ८ तहका लागि ३ सय १० जना कर्मचारीको आवश्यकता खुला गरेको हो । 

बैंकले ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाइजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना गरी कुल ३१० जना कर्मचरी माग गरेको छ ।

उक्त पदहरुमा शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको वेव साइटमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।