२२ असार २०८३, सोमबार
,
Latest
कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महीनाभित्र सबै नागरिकले खोप पाउने छन् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले ६ महीनाभित्र सबै नागरिकलाई खोप लगाइ सक्ने बताएका छन्।  बुधबार नेपाल बाल संगठनको केन्द्रीय सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा उल्लेख गरेको हुन् । 

प्रधानमन्त्री ओलीले भने “खोप खरीदको विषय सुल्झदै गएको छ। सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइनेछ । ” 

उनले सन् २०२१ भित्र सबैलाई खोप लगाएर प्रत्यक्ष भेटेरै कार्यक्रम गर्न सकिने बताए । अर्को वर्ष भर्चुअल माध्यमबाट कार्यक्रम गर्नुपर्ने अवस्था नरहने समेत बताए। ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताए।

यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए। सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने उनको भनाइ थियो।  




भर्खरै