२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जितनारायण संसदमा पुगेन, संसदमा पुगोस् भन्ने चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो’



अ+ अ-

चितवन । चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उपनिर्वाचन आफ्नो जितको लागि भएको बताएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुअघि श्रेष्ठले बैशाख १० मा आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको बताए ।

उनले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’

सत्ता गठबन्धनको पनि साथ रहेकाले आफ्नो जित शुनिश्चित रहेको उनले दाबी गरे । आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको आरोप समेत लगाए । उनले भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’