१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जितनारायण संसदमा पुगेन, संसदमा पुगोस् भन्ने चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो’



अ+ अ-

चितवन । चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उपनिर्वाचन आफ्नो जितको लागि भएको बताएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुअघि श्रेष्ठले बैशाख १० मा आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको बताए ।

उनले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’

सत्ता गठबन्धनको पनि साथ रहेकाले आफ्नो जित शुनिश्चित रहेको उनले दाबी गरे । आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको आरोप समेत लगाए । उनले भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’