२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपूरा बालेन



अ+ अ-

अपूरा बालेन । हो यतिबेला भत्काएका काम पूरा गर्न नसक्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ (बालेन) साँच्चै अपूरा छन् । बनाउन थालिएका कामहरु पूर्ण भएका छैनन्, कहिले पूरा हुनेहुन् त्यो पनि टुंगो छैन । जताततै शुरु भएका कामहरु लथालिङ्ग र भताभुङ्ग छ ।

काम हुँदै नभएका भन्ने कदापि होइन, तर शुरु गरिएका कामहरु कतैपनि पूर्ण नहुनुले मेयर साहलाई अपूरा बालेन भन्दा अत्युक्ति नहोला । उनले मेयर बनेको करिव वर्ष दिनमा गरेका कामहरु हेरेर मूल्यांकन गर्ने हो भने प्रगतिजनक नतिजा छैन ।

काठमाडौं बनाउन भत्काइएका संरचनाहरुको उचित व्यवस्थापन नगरी छोडिँदा काठमाडौंको झिनो शोभा सकिएको भान अहिलेका काठमाडौं महानगर भित्र पर्ने सडक हेरे पुग्छ । राम्रोसँग सञ्चालन भइरहेका कतिपय काममा व्यवधान झिकिएका छन् । कलंकी–बल्खु सडकखण्ड निर्माण पूर्ण भइ राम्रोसँग सञ्चलन भएको डेढ वर्ष बितेको छैन, अहिले फेरि भत्काएर पुरानै अवस्थामा धुलो र धुवाँमय बनाइएको छ । कलंकी–चाबहिलसम्मको सडक खण्डको त कुरै नगरौँ, हरेक समयमा धुवाँ र धुलोले सडक ढाकिएको छ ।

बालेन्द्र साह आएपछि मात्रै सडक खण्ड बिग्रिए भन्ने होइन तर नयाँ आश जगाएर आएका जनप्रतिनिधिहरु नजुर्मुराउँदा नयाँ र पुराना पात्रमा फरक देख्न जनताले छोडिसके । त्यति मात्रै होइन, काठमाडौंको सभ्यता जोगाउने नाममा भत्काइएका अनेकन सडक छेउका संरचनाहरु त्यत्तिकै छोडिएको छ । जथाभावी र मनोमानी रुपमा ।

शहर कसरी व्यवस्थित गर्ने, महानगर कसरी सफा, हराभरा र सुव्यवस्थित बनाउने यो काठमाडौं महानगरको काम हो । तर काठमाडौं महानगरपालिका कानमा तेल हालेर बसेको छ । काम परेपछि भत्काउनुपर्छ तर त्यसको पुन: निर्माणमा ढिलाइ गरेर स्थानीय जनप्रतिनिधिहरुले नागरिकलाई असुविधा दिने छुट पनि छैन । भत्काइसकेपछि त्यसको समय सीमा निर्धारण गरेर काम सम्पन्न गर्नु नै स्थानीय सरकारको दायित्व हो ।

यसको सबै जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिनुपर्ने हो तर महानगरपालिका उठेको छैन, वागदरबारमै सिमित छ । वागदरबारमा रहेको महानगरपालिका त्यहाँबाट बाहिर निस्किएको अनुभुति काठमाडौंवासीले गर्न सकेका छैनन् । मुख्य कुरा त, काम कसरी अघि बढाउने यसको जिम्मेवारी र अधिकार कामनपा प्रमुख बालेन्द्र साहलाई हुन्छ ।

उनको योजना, कार्यदिशाले काठमाडौं कस्तो बनाउने भन्ने दिशा निर्देश हुनुपर्ने हो । तर फुटपाथ व्यापारी, सुकुम्वासी बस्ती यी दुई कुरामा बाहेक मेयर साहको ध्यान केन्द्रित हुन सकेको छैन । अदालतको आदेश र केन्द्र सरकारले काम गर्न दिएन भन्नु शिवाय उनको शब्द वाक्यांश अरु भेटिँदैनन् । काम गर्नलाइ महानगरका यी दुई क्षेत्र मात्रै छैनन्, सडकको स्तरोन्नती र सुविधा सम्पन्न बनाउनु, सडकमा फोहोरमैलाको व्यवस्थापन गर्नु, न्यायिक समितिलाई प्रभावकारी बनाउनु लगायत धेरै कुराहरु बाँकी छन् । केन्द्रसँग समन्वय र सहकार्यको कमी हुँदा पनि कतिपय काम बन्न सकेका छैनन् ।