२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले बैठक डाक्नुभएको हो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम आदेशपछिको उत्पन्न वस्तुस्थिति बारेमा केन्द्रित भएर छलफल हुने निवर्तमान स्वास्थ्यमन्त्री तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।