• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी ★   आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै ★   कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य ★   योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ: उपराष्ट्रपति ★   कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

मिटरब्याज पीडितको दोस्रो टोलीद्वारा काठमाडौंमा बिरोध प्रदर्शन



फाईल फोटो

काठमाडौँ । मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् ।

देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमवार माईतीघर मण्डलामा मिटरब्याज बिरुद्ध प्रदर्शन गरेका हुन् ।

माईतीघर मण्डलाबाट भद्रकालीसम्म बिरोध र्‍याली गरेर उनीहरुले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन् । यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो ।

सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ । तर, सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन शुरु गरेका छन् ।

सोमवार काठमाडौंमा आएका मिटिरब्याजी पीडितहरुले मिटरब्याजबिरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । मिटरब्याज तथा ठगी बिरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर पीडितहरुले किसानको भूमि फिर्ता गर,फर्जि तमसुकका आधारमा भूमि लिलामी बन्द गर,मिटर ब्याजीलाई कारबाही गर, झुटा आश्वाशन बन्द गर,उत्पिडित किसान एक हौं नारा समेत लगाएका छन् ।