२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका अध्यक्ष उपेन्द्र यादवद्वारा बारा–२ मा मनोनयन दर्ता



अ+ अ-

कलैया । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा मनोनयन दर्ता गराउनुभएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा समर्थकहरुसहित उहाँले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्ता गर्नुअघि उहाँले सञ्चारकर्मीहरुसँग बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताउनुभयो ।

यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो ।

बारा–२ बाट निर्वाचित जसपाकै रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त रहेको छ ।