२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल गोरखा समाजद्वारा ७० लाख रुपैयाँ बराबरको ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग



अ+ अ-

गोरखा । ग्लोबल गोरखा समाजले गोरखा भित्रका स्थानीय निकायका लागि  ७० लाख रुपैया बराबरको ४० थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ ।

ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीका अनुसार कोरोना महामारीको अवस्थामा स्वास्थ्यमा सबैको पहुँच पुग्ने उद्देश्यका साथ समाजले ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको हो । 

सदरमुकाममा भएको कार्यक्रममा अध्यक्ष अधिकारी सहितको टोलीले उत्त सामाग्री गोरखाको स्थानिय तहलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, नेकपा एमालेका कमल दानी, नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नयाँ शक्ति पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकाल, ग्लोबल गोरखा समाजका नेपाल मोहन भट्टराई, ग्लोबल गोरखा समाजका नेपाल संयोजक बिनोद पोखरेल र जिल्लाका पत्रकारहरुको उपस्थित भएका थिए ।