२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल गोरखा समाजद्वारा ७० लाख रुपैयाँ बराबरको ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग



अ+ अ-

गोरखा । ग्लोबल गोरखा समाजले गोरखा भित्रका स्थानीय निकायका लागि  ७० लाख रुपैया बराबरको ४० थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ ।

ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीका अनुसार कोरोना महामारीको अवस्थामा स्वास्थ्यमा सबैको पहुँच पुग्ने उद्देश्यका साथ समाजले ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको हो । 

सदरमुकाममा भएको कार्यक्रममा अध्यक्ष अधिकारी सहितको टोलीले उत्त सामाग्री गोरखाको स्थानिय तहलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, नेकपा एमालेका कमल दानी, नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नयाँ शक्ति पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकाल, ग्लोबल गोरखा समाजका नेपाल मोहन भट्टराई, ग्लोबल गोरखा समाजका नेपाल संयोजक बिनोद पोखरेल र जिल्लाका पत्रकारहरुको उपस्थित भएका थिए ।