२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक डाकेका छन् । 

उनले आफ्‍नै निवास बुढानीलकण्ठमा साँझ ५ बजे नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासम्मिलित गठबन्धनको बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो समसामयिक राजनीति घटनाक्रम र परिस्थितिबारे छलफल हुने बताइएको छ । 

देउवाले बोलाएको बैठकमा पार्टी वरिष्ठ नेता पौडेल र महामन्त्री पूर्णबहादुर खड्कालाई पनि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा विशेष गरेर मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसलगायतबारे छलफल हुनेछ ।