२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलले बोलाए आफूनिकटका नेताहरुको बैठक



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले तयारी तीव्र पारेपछि नेता पौडेलले पनि आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक भोली दिउँसो दुई बजे बस्ने तय भएको छ। बैठकमा महाधिवेशनका बारेमा छलफल हुने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुमोदन गरिसकेको छ । सभापति देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग महाधिवेशनका बारेमा छलफल गरिसकेका छन् । 

संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वको दौड सुरु गरिसकेका छन् । उनले सभापति पदका आकांक्षी महामन्त्री डा. शशांक कोइराला र पूर्वप्रधानमन्त्री प्रकाशमान सिंहसँग आफ्नो उम्मेदवारीका विषयमा छलफल गरेका छन् ।

नेतृत्वका लागि इच्छा राखेका नेता पौडेलले पनि आफ्नो सक्रियता बढाएका हुन् ।