२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले त्यही पदमा प्रतिस्पर्धा गर्न किन नपाउने ? : प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले केपी ओलीले त्यही पदमा प्रतिस्पर्धा गर्न किन नपाउने भनी प्रश्न गरेका छन् । प्रधानन्यायाधीश राणाले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको प्रधानमन्त्री भएकाले उनले त्यही पदमा प्रतिस्पर्धा गर्न किन नपाउने भनी प्रश्न गरेका हुन्। 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा बहस गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत नपाएपछि पद गएको टिप्पणी गरेपछि राणाले यस्तो प्रश्न गरेका हुन् ।  

राणाले भने- 'उहाँ त उपधारा ३ बमोजिमको प्रधानमन्त्री हो । विश्वासको मत नपाएको बेग्लै कुरा होला । अनि फेरि प्रस्तिस्पर्धा गर्न नपाउने ?'  

कार्कीले एक पटक विश्वासको मत नपाएपछि राजीनामा दिनुपर्ने तर्क गरे ।'भाँजो हालेर बस्ने होइन । अब अवस्था संविधानको धारा ७६ को उपधारा ५ मा गइसक्यो । उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ७ प्रयोग गर्न पाउँदैन', उनले भने ।